हलिउड र बलिउड शो हुने न्यूयोर्कको प्लाटिनममा अब सुशान्तको कन्सर्ट

2.35k
Shares

काठमाडौं ।

चर्चित गायक सुशान्त केसीले अमेरिकाको न्युर्याेकको कन्सर्टमा प्रस्तुत दिन भएका छन्। उनी न्युर्याेकस्थित टाइम्स् स्क्वायरको प्लाटिनममा आगामी साउन ५ गते आयोजना हुने सुशान्त केसी वल्र्ड टुर लाइभ कन्सर्ट इन न्युर्याेकनामक कन्सर्टमा प्रस्तुत हुन लागेका हुन्।

कन्सर्टमा सुशान्तले आफ्ना चर्चित गीतहरुबाट दर्शक झुमाउने छन्। करिब चार घन्टा चल्ने कन्सर्टमा गायक सुशान्तले सारङ्गी, नजिक आउ, गाजलु, हावाले, बैमानी, भरिभरि दिन, भँगेरा, म तिमीलाई मन पराउँछु लगायत दर्जनभन्दा बढी लोकप्रिय गीत प्रस्तुत गर्नेछन्।

आयोजकका अनुसार हलिउड र बलिउडका कलाकारका मात्र कार्यक्रम हुदै आएको प्लाडिनियममा पहिलोपटक नेपाली कलाकारकोे कन्सर्ट हुन लागेको हो।

ठमेल एनवाईसीको आयोजनामा हुने कन्सर्टमा सुशान्तसहित ११ जना ब्याण्ड मेम्बरले लाइभ म्युजिक प्रस्तुत गर्नेछ। कन्सर्टमा १६ वर्षभन्दा माथिका दर्शकमात्र सहभागी हुन सक्नेछन्। न्युर्याेकको प्लाटिनियमपछि सुशान्तको कन्सर्ट अमेरिकाका अन्य ११ स्थानमा हुनेछन्।