हसनले ल्याए मखमली चोली

564
Shares

काठमाडौं ।

गायक हसन राईको स्वरमा रहेको नयाँ गीत मखमली चोली नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतमा हालै राजधानीमा सम्पन्न एक समारोहबीच भिडियोसहित सार्वजनिक गरिएको छ।

सार्वजनिक लोक लयमा आधारित गीतमा रोशन राई (पालुवा स्टार) को शब्द रचना, रोशन वान्तवा सूचा राईको संगीत र फणीन्द्र राईको संगीत संयोजन रहेको छ। समन अधिकारीको निर्देशनमा बनेको भिडियोमा छायांकन उत्सव दाहाल र सम्पादन सौखिन तिमल्सिनाको रहेको छ। रेस्क्यू क्रियसनले निर्माण गरेको भिडियोमा कृस गुरुङ र उषा तामाङ फिचर्ड छन्।

लाहुरेको कथामा बनेको भिडियोमा लाहुरेसँगको माया प्रीतिको कथा प्रस्तुत गरिएको छ। भिडियो रोशन राई युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। प्रमुख अतिथि प्रतिष्ठानका कुलपति राईले एक प्रतिभावान गायक हसनलाई संगीत क्षेत्रले पाएको बताए।