काठमाडौं ।
राज्य मिडिया नेटवर्कले प्रतियोगितात्मक शो मिस्टर नेवाः ११४४ आयोजना गर्ने भएको छ। कम्पनीले प्रतियोगिताका लागि आवेदन दर्ता खुला पनि गरेको छ।
राज्य मिडिया नेटवर्ककी कार्यक्रम निर्देशक सरला डंगोलले नेवार समुदायका युवाले मिस्टर नेवामा भाग लिनसक्ने बताइन्।
प्रतियोगिता नेवार समुदायका युवाका लागि आकर्षक प्लेटफर्म हुने उनले बताइन्। ‘प्रतियोगिता सांस्कृतिक उत्थान र युवाहरूको वृत्ति विकासमा लक्षित छ र उनीहरूका लागि आकर्षक प्लेटफर्म हुने छ,’ फेसन डिजाइनरसमेत रहेकी कार्यक्रम निर्देशक डंगोलले भनिन्।
प्रतियोगितमा कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्य कोरियोग्राफर रहनेछन् ।











प्रतिक्रिया