बैतडी ।
लोक तथा देउडा गायक महेशकुमार औजीको देउडा गीत कलेजी कटाउन्या माया नयाँ भर्सनमा सार्वजनिक गरिएको छ। करिब दस वर्षअघि गायक तथा संगीतकार महेशकुमार औजीले बजारमा ल्याएको सो गीत नयाँ भर्सनमा सार्वजनिक गरिएको हो।
नेपमेलोको युट्युब च्यानलबाट सार्वजनिक नयाँ भर्सनको गीतमा गायकद्वय महेशकुमार औजी र बादल थापाले स्वर दिएका छन्। महेश स्वयंको शब्द र संगीत रहेको गीत कमल सौरागको एरेन्ज गरेका छन् ।
गीतको भिडियोमा चक्र बम, जोन बम र कविता न्यौपानेले अभिनय गरेका छन्। ढोरपाटनमा खिचिएको भिडियोमा प्रेम–बिछोडको कथा देखाइएको छ। शान थापाको निर्देशन रहेको भिडियोमा सम्पादन मिलन विश्वकर्माको छ ।











प्रतिक्रिया