राजेशपायलको मनको सारंगी

470
Shares

काठमाडौं ।

गायक राजेशपायल राईको नयाँ गीत मेरो मनको सारंगी सार्वजनिक गरिएको छ। सरिता लिङ्देनको शब्द रचना रहेको गीतमा मञ्जु मितेरीको संगीत र गायक तथा संगीतकार बादल लिम्बूको एरेन्जमेन्ट रहेको छ।

गीतको भिडियोमा गायक राजेशपायल स्वयंलाई फिचरिङ गरिएको छ। रोमान्टिक शैलीमा गाइएको प्रेम गीतलाई मुन्धुम स्टुडियोले बजारमा ल्याएको हो। गीत प्रफुल्ल तुम्बाम्फेले निर्माण गरेका हुन्।

Skip This