विवाहको लागि कहिलेदेखि तयार छु, अहिलेसम्म केटा पाएको छैन- अमिषा पटेल


काठमाडौँ ।

बलिउड अभिनेत्री अमिषा पटेलले आफू  विवाहको लागि तयार भएपनि केटा नभेटिएको प्रतिक्रिया दिएकी छन् ।

सामाजिक सञ्जालमा एक फ्यानले सोधेको प्रश्नको जवाफ दिँदै ४९ वर्षीया अभिनेत्री पटेलले फ्यानका धेरै प्रश्नको रोचक जवाफ दिँदै आफू  धेरै दिनदेखि विवाहको लागि तयार रहेको र अहिलेसम्म केटा फेला नपरेको बताएकी हुन् ।

उनलाई एक फ्यानले सलमान खान पनि अहिलेसम्म अविवाहित रहेको उनैसँग विवाह गर्न सुझाव दिएका छन् । सो प्रश्नको जवाफमा पटेलले भनिन्- , ‘सलमान र म अविवाहित छौं, त्यसकारण हामीले बिहे गर्नुपर्छ जस्तो लाग्छ ? यसमा औचित्य के छ ? उनीहरु फिल्मको कुरा गर्दैछन् कि वास्तविक विवाहको ?’

सन् २००० मा अभिनेता ऋतिक रोशनसँग सुपर हिट फिल्म कहो ना प्यार है बाट बलिउडमा डेभ्यु गरेकी थिइन् । उनले त्यसपछि गदर र गदर-२ जस्ता सुपर हिट फिल्ममा काम गरेकी छन् ।

उनले फ्यानहरुसँग कुरा गर्दै आफ्नो नयाँ फिल्म ‘हमराज’ को सिक्वेलको बारेमा पनि कुरा गरेकी थिइन् ।  साथै उनले ‘गदर ३’ को अफर आयो भने स्क्रिप्ट मन पर्‍यो भने काम गर्ने बताएकी छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।