कोलम्बियाको सुपरमार्केट बन्दुकधारीको कब्जामा ३० जना बन्धक


काठमाडौं । दक्षिण अमेरिकी देश कोलम्बियाको चर्चित पर्यटकीय सहर कार्टाजेनामा हतियारधारी समूहले सुपरमार्केटभित्र प्रवेश गरी करिब ३० जनालाई बन्धक बनाएपछि सुरक्षा निकायले विशेष अपरेसन सञ्चालन गरेको छ। झन्डै एक दिनसम्म तनावपूर्ण बनेको घटनाको अन्त्यमा सुरक्षाकर्मीले सबै बन्धकलाई सुरक्षित उद्धार गरेका छन्। अपरेसनका क्रममा एक जना अपहरणकारी मारिएको कोलम्बियाली अधिकारीहरूले बताएका छन्।

घटना नोभेम्बर २४ मा कार्टाजेनाको ला कास्टेलाना क्षेत्रमा रहेको एक्सितो (Éxito) सुपरमार्केटमा भएको हो। प्रारम्भिक विवरणअनुसार बन्दुकधारीहरूले एउटा सपिङ मलबाट नगद बोकेर गइरहेको सशस्त्र सुरक्षा गाडी लुट्ने प्रयास गरेका थिए। प्रहरी तत्काल घटनास्थल पुगेपछि उनीहरू भागेर नजिकैको सुपरमार्केटभित्र प्रवेश गरेका थिए। प्रहरीको घेराबन्दीबाट उम्किन नसकेपछि उनीहरूले त्यहाँ रहेका ग्राहक तथा कर्मचारीलाई नियन्त्रणमा लिएर बन्धक बनाएका थिए।

घटनापछि सुपरमार्केट वरपर ठूलो संख्यामा प्रहरी, सैनिक तथा विशेष सुरक्षा टोली परिचालन गरिएको थियो। सुरक्षाकर्मीले भवनलाई घेरा हाल्नुका साथै आसपासका सडक बन्द गरेका थिए। नजिकका भवनमा स्नाइपरसमेत परिचालन गरिएको थियो। घटनास्थलमा सर्वसाधारणको भीड जम्मा भएको र कतिपयले मोबाइलबाट घटनाको भिडियो खिचेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।