घरज्वाईंमा दयाहाङको बिन्जुरी मिरुना

564
Shares

काठमाडौं ।

दयाहाङ राई र मिरुना मगरको हिट जोडीद्वारा अभिनीत घरज्वाईंमा समावेश बिन्जुरी बोलको गीत सार्वजनिक गरिएको हो।

एसडी योगीको संगीत रहेको गीतमा राम अविरल विष्टको शब्द रचना र संगीतकार योगीको स्वर रहेको छ। प्रेमिल शैलीको गीतको भिडियोमा फिल्मका प्रमुख अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरप्रतिको प्रेम आकर्षण प्रस्तुत गरिएको छ।

भिडियोमा दयाहाङ र मिरुनाको प्रेम रसायन ताजगीपूर्ण लाग्छ। गीतमा मिरुनालाई बिन्जुरीका रूपमा सम्बोधन गरिएको छ। बिन्जुरीको अर्थ फूल हो। अनील बुढामगरद्वारा निर्देशित फिल्म पूर्वीरुकुम आसपासमा छायांकन छ। फिल्ममा कथा निर्देशक अनीलकै रहेको छ भने पटकथा र संवाद लेखनमा उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले साथ दिएका छन्।

जिएम मुभिज् र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा जनक घर्ती मगरद्वारा निर्मित फिल्ममा गीत एसडी योगी, राम अविरल विष्ट र हर्क साउद, संगीत मनोज थापा, छायांकन सुसन प्रजापति र सम्पादन कृष्ण भन्डारीको रहेको छ।

आगामी २८ गते रिलिज हुने फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढामगर, सुनील मगरलगायतले अभिनय गरेका छन्।

Skip This