भिडियोमा माया बस्यो

940
Shares

काठमाडौं ।

गायक सुरेश लामाको टिकटक जोडीको रूपमा नेपाली फ्यानमाझ लोकप्रिय चर्चित पाकिस्तानी टिकटकर तथा मोडेल डा. एलिया सोयव अभिनीत रोमान्टिक गीतको भिडियो माया बस्यो सार्वजनिक भएको छ।

गीतमा गायक सुरेश लामाको स्वर रहेको छ। युवा प्रेम र आकर्षणको भावानालाई व्यक्त गरिएको गीतमा शब्द रचना र संगीत डा. एलिया सोयव र सुरेश लामाको रहेको छ। गीतमा रिकेश गुरुङले संगीत संयोजन गरेका छन्।

पवन सुस्लिङको छायांकन र सम्पादन रहेको गीतको भिडियोमा एलिया र सुरेशको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। भिडियाको निर्देशन निर्मलकुमार लामा (बिजी) ले गरेका छन्। भिडियो गायक लामाको युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

Skip This