प्राकृतिक विपद्को पूर्वतयारी सन्तोषजनक भएन : योगेश भट्टराई

1.03k
Shares

काठमाडौं ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले प्राकृतिक प्रकोपको राहत तथा उद्धारमा बजेट कम छुट्ट्याएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर भट्टराईले जलवायु परिवर्तनका कारण मौसमजन्य विपदले असर गरिएको बताउँदै यसको राहत र उद्धारमा सरकारले पर्याप्त बजेट व्यवस्था नगरेको बताए।

उनले भने, ‘सरकारको पूर्व तयारी सन्तोषजनक छैन। विपद् प्राधिकरणलाई वार्षिक १८ करोड बजेट दिइएको छ र तलब भत्ता पारिश्रमिकमा १५ करोड खर्च हुन्छ भने ३ करोडमा प्राधिकरणले के गर्न सक्छ ?’ नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीले प्रतिकुल अवस्थाका बीच पनि उद्धारको काम गरिरहेको बताए।

उनले देश भर नै विपद्को पूर्व तयारी जसरी हुनुपर्ने थियो त्यसरी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उनले विपद्पछिको राहत र उद्धारका सुरक्षा निकायलाई साधन र स्रोत सम्पन्न बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।