शिक्षा क्षेत्रमा उत्कृष्ट पालिकाको रुपमा ठाकुरबाबा नगरपालिका सम्मानित

4.04k
Shares

काठमाडौं ।

लुम्बिनी प्रदेशको उत्कृष्ट पालिकाको रुपमा ठाकुरबाबा नगरपालिका सम्मानित भएको छ ।

शनिबार प्रधानाध्यापक संघ नेपाल पीएनको पहिल्लो राष्ट्रिय सम्मेलनबाट शिक्षा क्षेत्रमा लुम्बिनी प्रदेशको उत्कृष्ट पालिकाको रुपमा ठाकुरबाबा नगरपालिका सम्मानित भएको हो ।ठाकुरबाबा नगरपालिकाले शिक्षा सुधारको अभियानलाई निरन्तरता दिँदै आज पालिका शिक्षा क्षेत्रको उत्कृष्ट नगरपालिका सम्मानित भएकाे छ  ।

उपसभामुख इन्दिरा रानाद्वारा उक्त पुस्कार मेयर तिलक लम्साललाई प्रदान गरिएकाे थियाे । नगरपालिका मेयर तिलक लम्सालले ठाकुरबाबा नगरपालिकाका लागि गौरवको क्षण रहेकाे बताएका छन् ।

मेयर लम्सालले पुरस्कारको हकदार ठाकुरबाबा नगरपालिकाका जनप्रतिनिधि,अभिभावक,शिक्षक, प्र.अ. शिक्षा शाखा लगाएत सबैकाे साथ रहेकाे बताएका छन्। पुरस्कारको गरिमालाई बचाउन थप जुझारु भएर लाग्नुहुनेछ भन्ने पालिकाले बिश्वास लिएकाे मेयर लम्सालले बताए।