गोल्फुटारमा ‘पाकिस्तान–नेपाल मैत्री पार्क’ को उद्घाटन

282
Shares

काठमाडौं । 

नेपालस्थित पाकिस्तानी दूतावासले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ गोल्फुटारस्थित ‘पाकिस्तान–नेपाल मैत्री पार्क’ को बिहीबार उद्घाटन गरेको छ ।

शुक्रबार आयोजित उक्त मैत्री पार्कको उद्घाटन समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मी, बूढानीलकण्ठ नगरपालिकाका उपमेयर श्रीमती अनिता लामा, गभर्नर लायन हरिप्रसाद दाहाल, बूढानीलकण्ठका वरिष्ठ प्रशासकीय अधिकृत तुलसीराम अर्याल, वडा नम्बर ८ गोल्फुटारका वडाअध्यक्ष सुमन तामाङलगायतको उपस्थिति थियो ।

समारोहलाई सम्बोधन गर्दै राजदूत हाश्मीले काठमाडौंमा पाकिस्तान–नेपाल फ्रेन्डसिप पार्क सञ्चालनका लागि बुढानिलकण्ठ नगरपालिका, लायन्स क्लब अफ काठमाडौं र एचआरएस एडभेन्चर लिमिटेडसँगको साझेदारीको प्रशंसा गरे ।

उनले मैत्री पार्क निर्माणमा सहयोग गर्ने सामुदायिक कार्यकर्ता, सामाजिक कार्यकर्ता र सबैको हार्दिक प्रशंसा गर्दै दुई राष्ट्रबीचको चिरस्थायी मित्रताको प्रतीकका रूपमा रहेको यस पार्कले पाकिस्तान र नेपालका जनताबीच रहेको बलियो सम्बन्धलाई झल्काउने बताए ।

उहाँले हाम्रो द्विपक्षीय सम्बन्ध विश्वास, पारस्परिक सम्मान र सांस्कृतिक आदानप्रदान र शिक्षा, स्वास्थ्य, वातावरण र औषधिलगायतका विभिन्न क्षेत्रमा सहयोगको जगमा उभिएको जिकिर गर्दै यसले मानवताको हितका लागि मिलेर काम गर्ने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ।

कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि उपमेयर लामाले नेपालका जनतालाई ‘ओपन एयर जिम’ सुविधा प्रदान गरेकोमा पाकिस्तान सरकारप्रति कृतज्ञता व्यक्त गरे । उनले पार्कले दुई देशबीचको मित्रता र सहयोगको दीर्घकालीन प्रतीकका रुपमा काम गर्ने विश्वास समेत व्यक्त गरे ।

 

कार्यक्रममा पाकिस्तान–नेपाल मैत्री पार्क पाकिस्तान र नेपालका जनताको साझा आकांक्षा र मित्रतामा समर्पित रहेको र यस पार्कले सबै उमेर र जीवनका सबै क्षेत्रका मानिसहरूका लागि साझा स्वास्थ्य सुविधाको रूपमा सेवा गर्ने विश्वास व्यक्त गरियो ।

उक्त सुविधाका लागि नागरिक समाज र स्थानीयवासीले दूतावास र स्थानीय नगरपालिकालाई धन्यवाद दिएका थिए । उनीहरुले पार्कमा ‘ओपन एयर जिम’ स्थापना गरेकोमा खुसी व्यक्त गर्दैै उनीहरुका बालबालिका तथा ज्येष्ठ नागरिकहरुको स्वास्थ्यमा यो पार्क सहयोगी हुने बताए । यसअघि नै काठमाडौंको शहीद गंगालाल अस्पतालसँगै रहेको बाँसबारी क्लबमा पनि पाकिस्तान–नेपाल मैत्री पार्क संचालनमा आईसकेको छ ।