तोलामा ९ सयले बढ्यो सुनको मूल्य

4.98k
Shares

काठमाडौं ।

नेपाली बजारमा पहेँलो धातुको मूल्य आज तोलामा नौ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार एक लाख ४० हजार नौ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको छ।

यस्तै, तेजाबी सुन आइतबार एक लाख ४० हजार दुई सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार एक सय रुपैयाँ निर्धारण गरिएको महांघले जनाएको छ।

चाँदीको मूल्य पनि आज तोलामा ३० रुपैयाँले वृद्धि भएको छ। आइतबार एक हजार नौ सय १० रुपैयाँमा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ४० रुपैयाँ निर्धारण भएको छ।