काठमाडौँ।
काठमाडौँ उपत्यकामा सडक संरचनाको तुलनामा सवारी साधनको चाप अत्यधिक भएपछि दुर्घटनाको जोखिम बढ्दै गएको छ । दुर्घटना न्यूनीकरणको लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मापसे (मादक पर्दाथ सेवन), लापसे (लागु पर्दाथ सेवन) र यान्त्रिक परीक्षण कार्यलाई प्राथामिकताका साथ अघि बढाई रहेको कार्यालय प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुरेश काफ्ले बताउँछन् ।
सडक दुर्घटनाको लागि धेरै कुरा जिम्मेवार हुन्छ एसएसपी काफ्ले भन्छन्– त्यसैले हामीले सबैभन्दा पहिले सवारी चालकले मापसे र लापसे गरेका छन् कि छैनन् भनेर परीक्षण गर्ने कुरालाई प्राथामिकता दिएका छौ । त्यसैगरी सवारी साधन सडकमा गुडाउन ठिक छ कि छैन भनेर थाहा पाउनको लागि त्यसको यान्त्रिक परीक्षण महत्त्वपूर्ण हुने एसएसपी काफ्ले बताउँछन् । सवारी चालकले मापसे वा लापसे गरेको अवस्था र सवारी साधनको यान्त्रिक परिक्षणमा उपयुक्त नदेखिएको अवस्थामा त्यसले सडकमा गुड्ने अनुमति नपाउने एसएसपी काफ्लेको भनाई छ ।
करिब पाँच महिना अघि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुख बनेका एसएसपी सुरेश काफ्ले दुर्घटना न्यूनीकरणका लागि चिट काटेर राजश्व संकलन गर्ने कुरा भन्दा सवारी चालकलाई सडक अनुशासन कायम गराउने कुरा महत्त्वपूर्ण हुने बताउँछन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको अधिकांश ठाँउमा सिसिटिभी क्यामेराले समेत अनुगमन गरिरहेको र प्रमाण बेस कार्वाहिलाई प्राथामिकता दिएको उनको भनाई छ ।
सवारी चालकलाई सडक अनुशासन कायम गराउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ओभर स्पिरिट कन्ट्रोल गर्ने, मोडिफाई गाडी नियन्त्रण, यान्त्रिक परीक्षण तथा मापसे– लापसे गर्दा हुने जोखिमका विषयमा सवारी चालकलाई प्रशिक्षण दिने अभियान सञ्चालन गरिरहेको एसएसपी काफ्लेको भनाई छ।
सवारी दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरी भन्दा सडक निर्माण गर्ने सडक विभाग, लाईसेन्स र रुट प्रमिट दिने यातायात व्यवस्था विभाग र यान्त्रिक परीक्षण गर्ने निकायको भूमिका महत्त्वपूर्ण हुने एसएसपी काफ्लेको बुझाई छ । गुणस्तरीय सडक, दक्ष सवारी चालक, सडकको क्षमता अनुसार सवारी आवागमनका लागि रुट प्रमिट र सवारी साधनको नियमित यान्त्रिक परीक्षण हुने हो भने सवारी दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने एसएसपी काफ्लेको भनाई छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा सवारी दुर्घटना न्यूनीकरणको लागि सडक विभाग, यातायात व्यवस्था विभाग लगायत सरोकारवाला निकायहरुसंग समन्य गरेर काम गरिरहेको एसएसपी काफ्ले बताउँछन् । हामी सडकमा घिसारिएर कसैले पनि मृत्युवरण गर्न नपरोस् भन्ने कुरामा सचेत छौ– एसएसपी काफ्लेले भने ।











प्रतिक्रिया