कुशल शतकबाट १ रनले चुके


काठमाडौं।

पोखरा एभेन्जर्सका कुशल भुर्तेलले नेपाल प्रिमियर लिगको इतिहासमा पहिलो शतक प्रहार गर्न चुकेका छन् ।
आइतबार त्रिवि मैदानमा भएको काठमाडौं गोर्खाजविद्धको खेलमा उनी १ रनले शतक बनाउन विफल भए । उनी ९९ रनमा आउट भएका हुन् । नेपाल प्रिमियर लिगको इतिहासमा यो नेपाली खेलाडीले बनाएको उच्चतम स्कोरसमेत हो ।

पछिल्ला खेलमा सन्तोषजनक ब्याटिङ गर्न नसकेका कुशलले यस खेलमा निकै आक्रमक ढंगले ब्याटिङ गरे । ५१ बलको सामना गरी ८ चौका र ८ छक्का प्रहार गरेका उनी करण केसीको बलिङमा विकेट पछाडि क्याचआउट भएका थिए ।

यस्तै, युवराज सिंह सामराले पनि सानदार ब्याटिङ गरे । पछिल्ला खेलमा समेत जमेका उनले ५५ बलमा ८९ रन बनाए । उनले ८ चौका र ५ छक्का प्रहार गरेका थिए । यसअघि उनले १ सय २ रनको शतकसमेत प्रहार गरेका थिए । जुन जारी लिगको एक मात्र शतक सावित भइरहेको छ ।

सामरा जारी लिगमा सर्वाधिक रन बनाउने ब्याटर पनि हुन् । उनले ४ खेलमा १ शतक र २ अर्धशतकसहित २ सय ९४ रन बटुलेका छन् । उनीपछि विराटनगरका लोकेश बम २ सय ४२ रनसहित दोस्रो स्थानमा रहेका छन् ।

उच्चतम साझेदारी

सामरा र कुशलले दोस्रो विकेटका लागि १ सय ८६ रनको कीर्तिमानी साझेदारी गरेका छन् । यो लिगको इतिहासमा कुनै पनि विकेटमा बनेको उच्चतम रनको साझेदारी हो । यसअघिको उच्चतम रनको साझेदारीको कीर्तिमान पोखराकै नाममा थियो ।

लिगको पहिलो संस्करणमा एन्डे«स गौस र दिनेश खरेलले लुम्बिनीविरुद्ध पहिलो विकेटका लागि १ सय ७६ रनको साझेदारी गरेका थिए । यस्तै, तेस्रो ठूलो साझेदारी पनि पोखराकै नाममा छ । यसै सिजनमा कुशल र सामराले कर्णालीविरुद्ध दोस्रो विकेटका लागि १ सय ३६ रनको साझेदारी गरेका हुन् ।

उच्चतम स्कोर
पोखराले २ सय २४ स्कोर गर्दै नेपाल प्रिमियर लिगको इतिहासमै उच्चतम स्कोर बनाएको छ । यसले गत सिजनमा विराटनगरले पोखराविरुद्ध निर्धारण गरेको २ सय २० को उच्चतम स्कोरलाई छायामा पा¥यो ।

पोखरा नेपाल प्रिमियर लिगको इतिहासमा तीनपटक २ सय रन पार गर्ने एक मात्र टोली हो । पोखराले लिगमा राम्रो स्थान हासिल गर्न नसकेपनि गत सिजन २ मा कर्णाली याक्सविरुद्ध २ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । यस सिजनमा भने पोखराले दुई पटक २ सय रन पार ग¥यो । २ सय रन पार गर्ने क्रममा पोखराले कर्णालीविरुद्ध २ सय १७ रन र काठमाडौंविरुद्ध २ सय २४ रन जोडेको हो ।

चितवन पराजित

यसअघिको खेलमा प्लेअफमा स्थान बनाइसकेको टोली चितवन राइनोज पराजित भएको छ । अघिल्लो दिन विराटनगर किंग्सको पराजयसँगैं प्लेअफमा पुगेको चितवनलाई कर्णाली याक्सले ३४ रनले पराजित गरेको हो ।

आइतबार भएको खेलमा कर्णालीले १ सय ५४ रनको विजयी लक्ष्य दिएको थियो । जसको जवाफमा चितवनले १ सय २९ रन मात्रै बनाउन सक्यो । यो हारपछि चितवन ७ अंकसहित चौथो स्थानमा रहने पक्का भएको छ । कर्णाली भने यो खेलअघि नै प्लेअफ होडबाट बाहिरिएको थियो । कर्णालीले ७ खेलमा ६ अंक जोडेको छ ।