ताईपेई,ताइवान ।
नेपाल सरकारले ताइवानसंग सम्बन्ध स्थापना गर्न सरकारकै अग्रसरता आवश्यक देखिएको छ । ताईवानमा करिब दुई सय नेपाली छन् । उनीहरुको एउटमात्रा माग छ– हामीपनि नेपाली हौ, हामीलाई सरकारले प्रशासनिक समस्या समाधान गरिदिए नेपालीले धेरै अवसर पाउने थिए । नेपाललाई विश्वमै चिनाउन सकिन्छ।
सरकारको एकचीन नीतिको कारणपनि समस्या परेको छ । त्यसको प्रत्यक्ष असर नेपालमा बस्ने ताइवानवासीलाई थोपरिएको छ । करिब डेढ महिनाअघि नेपालमा आएका नेपाल ताइवान एशोसियसनका पदाधिकारीले नेपाल सरकारलाई ध्यानाकर्षणपत्र दिएका थिए । तर श्रममन्त्री रामजी यादवले यस विषयमा खासै आफूले सरकार र सम्बन्धी छलफल गरी समस्या समाधान गर्ने प्रक्रिया अघि बढाउने बताउनुभएको थियो ।
भन्नुभएको थियो–तपाईँहरूको विषयमा हामी छलफल गर्नेछौँ । तपाईँहरूको समस्या नेपालीकै समस्या हो । तर सरकारले यस विषयमा खासै चासो देखाउन सकेको छैन ।
नेपाल सरकारले अवलम्बन गरेको एकचीन नीतिका कारण ताइवानलाई कूटनीतिक तथा राजनीतिक दृष्टिकोणबाट संवेदनशील रूपमा लिइँदै आएको हामीले बुझेका छौं । यस विषयमा सरकारले चीनसंग ताइवानमा बस्ने सबै नेपाली देशको लागि महत्वपुर्ण योगदान दिएका छन भन्ने विषयमा ध्यान दिनु पर्छ–एसोसिएसनका अध्यक्ष नारायण कुमार अधिकारी (नवीन) ले भन्नुभयो ।
त्यसको प्रभावले ताइवानमा बसोबास गर्ने नेपाली नागरिकहरूले नेपालसँग सम्बन्धित विभिन्न सरकारी तथा प्रशासनिक कामहरु गर्दा अनावश्यक कठिनाइ र असहजता भोग्नुपरेको छ ।
‘प्रवेशाज्ञा लिन भारतको भर पर्नुपर्छ । एउटा डकुमेन्टमा छाप नभए फेरी नेपाल फर्कनुपर्छ । ब्यक्तिगतदेखि ब्यापारसम्म सबै कागजात भारतमा पेस गर्नुपर्ने भएकोले हामीलाई जटिल समस्या परेको छ–संघका सल्लाहकारराजेश श्रेष्ठले नेपाल समाचारपत्रसंग भन्नुभयो ।
करिब एक दशकअघि थाईल्याण्ड होस वा हङकङ जुन देशबाटपनि सजिलै प्रवेशाज्ञा पाइन्थ्यो । हङकङ र मलेशियाबाट ताइवान आउनुपरे सजिलै भिसा दिने व्यवस्था थियो । हाल निकै समस्या परेको छ । हाल भारतबाट प्रवेशाज्ञा पाउनसबै डकुमेन्ट तयार गर्नुपर्छ त्यस पछिमात्र प्रवेशाज्ञा पाउन सम्भा थियो ।
‘हामी ताइवानमा रोजगारी, व्यवसाय तथा विभिन्न पेसा र अध्ययनका सिलसिलामा बसोबास गरिरहेका नेपाली हौ । हाम्रो भौगोलिक बसोबास जहाँ भए पनि हाम्रो राष्ट्रिय पहिचान नेपाली नै हो । हामी नेपालको संविधान, कानुन र राष्ट्रिय हितप्रति सम्मान राख्दछौं र नेपालसँगको आफ्नो सम्बन्धलाई आत्मीयताका साथ जोडेर राख्न चाहन्छौं । हाम्रो समस्या समाधान गर्न सरकारले गम्भीरताका साथ लागिपर्नुपर्छ–पूर्व अध्यक्ष राजु गुरुङले भन्नुभयो ।
‘नेपालको परराष्ट्र नीतिलाई सम्मान गर्दै हामी माथि पनि अन्य देशमा बसोबास गर्ने नेपाली नागरिक सरह समान व्यवहार गरियोस् भन्ने हाम्रो माग हो’– एसोसिएसनका उपाध्यक्ष वीरेन्द्र श्रेष्ठको भनाई थियो ।
नेपाली नागरिकहरूको हकमा आवश्यक प्रशासनिक तथा नीतिगत व्यवस्था मिलाई नेपालसँग सम्बन्धित कागजात प्रमाणीकरण, सरकारी सिफारि लगायतका आधिकारिक कामहरू सहज, सरल र विभेदरहित रूपमा सम्पन्न गर्न सकिने वातावरण बनाइदिन एसोशियसनले नेपाल सरकारलाई आग्रह गरेको छ ।
हामी ताइवानमा बसेका नेपाली हौ, हामी पनि नेपालको अभिन्न हिस्सा हौं । हाम्रो बसोबासको स्थानका आधारमा हामीले आफ्नै देशको सरकारी सेवाबाट वञ्चित वा विभेदित भएको अनुभूति गर्न नपरोस् भन्ने नै हाम्रो मुख्य अपेक्षा हो – एसोसिएसनका उपाध्यक्ष राम पाण्डेले बताउनुभयो ।











प्रतिक्रिया