जरिन अश्लील दृश्य दिन बाध्य !

336
Shares

काठमाडौं ।

बलिउड अभिनेत्री जरिन खान पछिल्लो समय फिल्ममा त्यति सक्रिय छैनन्, तर, बेलाबेला सञ्चारमाध्यममा छाउने गर्छिन्। हालै जरिनले आफ्नो फिल्मी करिअमा भोग्नुपरेको एक घटनाबारे भारतीय सञ्चारमाध्यमका साथ खुलासा गरेकी छन्।

सन् २०१७ मा रिलिज भएको फिल्म अक्सर २ मा उनले निर्माताका कारण छोटा कपडा लगाउन बाध्य भएको बताएकी छन्। आफूलाई अश्लील दृश्यमा समेत काम गर्न बाध्य पारिएको उनले आरोप लगाएकी छन्। सो फिल्म पहिरनका हिसाबले सहजपूर्ण हुने भए पनि आफूलाई जतिसक्दो छोटो कपडा लगाउन र अनावश्यक रूपमा शरीर प्रदर्शन गर्न दबाब दिएको उनले बताएकी छन्।

‘जब सुटिङ सुरू भयो, निर्माता हरेक सिनमा कमभन्दा कम कपडा लगाओस् भन्ने चाहन्थे। सोही कारण मैले कपडाको सवाल उठाएकी थिएँ। फिल्ममा यति धेरै मसला राख्नु के जरुरी छ भनेर सवाल उठाएकी थिएँ। त्यही कारण फिल्म युनिटले मेरो हर कुरामाथि बहस गर्ने गर्थे,’ जरिनले भनेकी छन्।

फिल्म निर्माताले हद नै पार गरेर अश्लील सिन छायांकन गरेको र विनाकारण धेरै नै चुम्बनको दृश्य राखिएको आरोप पनि लगाएकी छन्। सो फिल्मकै सुटिङका दौरान आपत्ति जनाएपछि उनी विवादमा समेत आएकी थिइन्।

फिल्ममा गौतम रोड र अभिनास शुक्ला प्रमुख भूमिकामा थिए भने अनन्त महावेदवले निर्देशन गरेका थिए। सन् २०१० मा सुलमान खानको फिल्म वीरमार्फत बलिउडमा टेकेकी जरिनले रेडी, हाउसफूल २, हेट स्टोरी ३ जस्ता फिल्ममा काम गरेकी छन्।