स्व. पशुपति चौलागाईको स्मृतिमा सभा



दोलखा । 

नेकपा एमाले दोलखाले पार्टीको पोलिटब्युरो सदस्य स्व. पशुपति चौलागाईको तेस्रो स्मृति दिवस आयोजना गरेको छ । सो अवसरमा पार्टीका नेता तथा कार्यकर्ताले स्व. चौलागाईको तस्विरमा माल्र्यापण गरेका थिए ।

नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमति प्रदेशका सांसद भरत बहादुर केसी, जिल्ला समन्वय समिति दोलखाका पूर्व प्रमुख डबल पाण्डे, एमाले नेता भरत दुलाल, एमाले दोलखाका सचिव स्वयम बहादुर खड्का, स्व. पशुपति चौलागाईको भाइ तथा बैतेश्वर गाँउपालिका वडा नम्बर– ४ का वडा अध्यक्ष कुमार चौलागाई लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
दोलाखको बैतेश्वर गाँउपालिका वडा नम्बर– ४ मा जन्मनु भएका एमाले पोलिटब्युरो सदस्य चौलागाईको २०७८ साल बैशाख २८ गते कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

स्व. चौलागाईको स्मृतिमा नेकपा एकिकृत समाजवादी दोलखा– काठमाडौँ सम्पर्क मञ्चले ‘स्मृतिमा पशुपति चौलागाई’ पुस्तक पैकाशन गरेको छ । पुस्तकको विमोचन नेकपा एकिकृत समाजवादीका केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्नु भएको थियो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पार्टीको पोलिटब्युरो सदस्य माधव पौडेल, पोलिटब्युरो सदस्य शिवप्रसाद भण्डारी, राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल, नेकपा एकिकृत समाजवादी दोलखाका अध्यक्ष भीम दहाल, स्व. पशुपति चौलागाईको धर्मपत्नी सुनिता चौलागाई, छोरा सुमन चौलागाई लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्