करेन्ट लागेर एक जना युवाको मृत्यु



मुगु ।

मुगुको सोरू गाउँपालिका वडा नं ६ सोरूकोटमा बिजुलिको करेन्ट लागेर एक जना युवाको मृत्यु भएको छ ।

बिजुली बत्ती बनाउने क्रममा पोल चढेको बेला अचानक करेन्ट लागेर भुईमा खसेपछि सोरू गाउँपालिका वडा नं ६ सोरूकोट निवासी २८ वर्षीय खम्मा शाहीको मृत्यु भएको मुगुका प्रहरी नायब उपरिक्षक वीरेन्द्र थापाले जानकारी दिनु भयो ।

बिहीबार बिहान ८:४५ बजे तिर बत्ती बनाउने क्रममा बिजुलीको पोल उग्लेको बेला घाम पावर मिनिग्रेट सोलार सिस्टमको बिजुलीको करेन्ट लागेको थियो ।

करेन्ट लागे पछि बिजुलीको पोल उग्लेको बेला भुईमा खसेपछि फेन्ट भयको बाटोमै निज शाहीको मृत्यु भएको प्रहरीले बताएको छ । मृतक शाहीको सव पोष्टमार्टमका लागी जिल्ला अस्पताल ठिनीमा ल्याई पोष्टमाटर्म गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्