घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं ।

नेपाली बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ३६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३५ हजार चार सय रुपैयाँ निर्धारण भएको छ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा एक लाख ३५ हजार आठ सय ५० रुपैयाँ मा कारोबार भएकामा आजका लागि भने एक लाख ३४ हजार सात सय ५० रुपैयाँ निर्धारण भएको छ।

चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन। बिहीबार जस्तै आजका लागि भने चाँदीको मूल्य तोलामा एक हजार छ सय ४५ रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्