सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?



काठमाडौं ।

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २००० ले बढेर १ लाख ३६ हजार ५०० मा कारोबार भइरहेको छ।

त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ३४ हजार ५०० मा कारोबार भएको थियो भने तेजाबी सुन तोलाको एक लाख ३३ हजार ८५० मा कारोबार भएको थियो।  त्यसै गरी आज चाँदीको मूल्य पनि बढेको छ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि बुधबार चाँदी तोलाको १६ सय ३० मा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्