पत्रकार रिजालमाथि आक्रमण प्रयास


काठमाडौं  ।

आर्थिक दैनिक प्रा.लि.का अध्यक्ष एवं संस्थापक सम्पादक प्रल्हाद रिजालमाथि सांघातिक आक्रमणको असफल प्रयास भएको छ । मंगलवार बिहान सवा नौ बजेतिर स्थानीय टोले बाहुवली विजय मालीले पत्रकार रिजाललाई बाटो छेकेर धम्क्याएका हुन् ।

क्षत्रपाटी चोकबाट ढल्कोतिर जाँदै गरेका बाहुवली मालीले बिपरित दिसातर्फ जाँदै गरेका रिजाललाई फर्किएर आएर बाटो छेकेर धम्क्याएका हुन् ।

ओई, तलाई मैले कस्तो अवस्थामा भेटेको याद छ नि, त्यहीको छोराको पछिपछि लुतेकुकुर जस्तोपछि लागेको छस् तँलाई के गर्नु पर्छ भन्ने मलाई थाहा छ, राम्रोसंग चिन म को हुँ भनेर भन्दै टोले गुण्डा विजय मालीले बाटो छेकेर धम्क्याएका हुन् ।

उक्त घटनाको तत्कालै नेपाल प्रहरी र वडा कार्यालयलाई जानकारी गराइएको छ । पर्दा पछाडिबाट टोले गुण्डा मालीलाई उक्साउने केहि व्यक्तिसंग टोले गुण्डा मालीको हिजै मध्यान्न पछि लामो मिटिङ भएको थाहा भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।