हेटौंडामा लोकगायन प्रतियोगिता



हेटौंडा ।

राष्ट्रिय संगीतकर्मी संघ मकवानपुरले हेटौंडामा एकल लोकगायन प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिताका लागि अडिसन लिइने संघका अध्यक्ष अजित लोप्चनले हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

प्रतियोगितामा उमेरको हदबन्दी नहुने र देशभरका सबैले सहभागिता जनाउन पाउने उनले बताए। प्रतियोगिता विजेताले नगद २० हजार, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार र १० हजार तथा उत्कृष्ट स्वर हुने दुईजनालाई प्रोत्साहनस्वरुप जनही २५ सय नगद पुरस्कार प्रदान गरिने संघका सचिव आरपी सापकोटाले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्