शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याेउन दलहरुमा साझा सहमती हुनुपर्छ: पुर्व सभामुख सापकोटा



सिन्धुली ।

पुर्व सभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले शान्ति प्रक्रियाका बाँकी कामहरुलाई टुङ्गोम पु¥याउन दलहरुमा साझा सहमती हुनु पर्ने बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल सिन्धुलीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पुर्वसभामुख सापकोटाले बृहत शान्ति सम्झौता भएको १८ बर्ष हुदाँ समेत शान्ति प्रक्रिया टुङ्गोम नपुग्नु दुखत पक्ष भएको बताएको हो । ‘शान्ति प्रक्रियाका धेरै ठुला ठुला कामहरु भएका छन् । चार–चार वटा निर्वाचन सम्पन्न भएको छ । हतियार व्यवस्थापन, सेना समायोजनको काम पनि भइसकेको छ । यति ठुला ठुला काम भइसकेका छन् तर अझै शान्ति प्रक्रिया अड्कि रहेको छ । यसलाई निष्कर्षमा पु¥याउन सबै दलहरुले साझा सहमती गर्नुपर्छ’ उहाँले भन्नुभयो ।

शान्ति प्रक्रिया टुङ्गोमा नपुग्दा नेपालले विश्वलाई निर्धक्क भएर आफ्नो कुराहरु राख्न नपाइएको पुर्वसभामुख सापकोटाको भनाई छ । उहाँले पछिल्लो समय दलहरुले पार्टीको मुल्य,मान्यता र सिद्धान्तलाई विर्सिएर गतिविधि गर्दा जनतामा निरासा बढेको बताउनुभयो । देशको आत्मको रुपमा रहेको संसद विभिन्न बाहानामा अवरुद्ध हुदाँ जनताका मुद्धाहरुमा सरकारले गर्नुपर्ने काममा ढिलाई भएको उहाँले बताउनुभयो ।

समृद्धि विना संविधानमा उल्लेख समाजवाद ल्याउन मुस्किल हुने भएकाले आर्थिक समृद्धिका लागि सबै दलहरुले न्युनतम साझा कार्यक्रम ल्याउनु पर्ने उहाँको धारणा छ । देशमा थुपै राजनितिक परिवर्तन भए पनि जनताको जिवनस्तर परिवर्तन हुने अपेक्षा पुरा नुहदाँ दलहरु प्रति जनताको गुनासो बढ्दै गएको उहाँले बताउनुभयो ।

गरिवी अन्त्य र जनताको जिवनस्तर उकास्न रोजगारीले मात्रै सम्भव हुने भएकाले बृहत रोजगारी सिर्जनामा सरकार र अन्य दलहरुले आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने उहाँले बताउनुभयो । गृहमन्त्री रवि लामिछानेसँग जोडिएका विषयहरुमा छानविन गर्न संसदीय छानविन समिति बनाएर निष्पक्ष छानविन गर्दा सरकार प्रति जनताको विश्वास बढ्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्