काठमाडाैं महानगरपालिकाको कार्यालय अब बिहान ९ बजेदेखि खुल्ने



काठमाडौं ।

काठमाडौं महानगरपालिकाले अव विहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ ।

वैशाख १५ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न लागिएकोमा त्यस दिन शनिबार परेकोले १६ गते आइतबारदेखि कार्यालय विहान ९ बजे खोल्न लागिएको प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।

बेलुका भने समय परिवर्तन गरिएको छैन । यो सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू हुने जानइएकाे छ  ।

प्रतिक्रिया दिनुहोस्