२८ जना सहसचिवको सरुवा, भरतपुर र ललितपुरका प्रमुख प्रशासकीय अधिकृत पनि फेरिए



काठमाडौं ।

सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै भरतपुर र ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन भएका छन् । ललिलतपुरका वीरेन्द्रदेव भारती भरतपुरमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी रेखा दासको ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएको छ ।

यसबाहेक अन्य मन्त्रालय र प्रदेश मन्त्रालयका विभिन्न पदका सहसचिवहरुको पनि अन्तरमन्त्रालय सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्