विश्व टेबलटेनिस दिवस मनाइयो



काठमाडौं ।

स्ट्याग सरोज टेबलटेनिस फर अल क्लबले “विश्व टेबल टेनिस दिवस २०२४“ मनाएको छ । अन्तर्राष्ट्रिय टेबलटेनिस फाउन्डेसन जर्मनीको ‘विविधता र समावेशीकरण’ भन्ने नारासहित सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको हो ।

क्लबका मुख्य प्रशिक्षक नरेश रावलले तालिम स्टेज, प्रतियोगिता स्टेज र अवार्ड समारोह गरी ३ चरणमा सञ्चालन गरेका थिए। कार्यक्रममा करिब १ सय प्रतियोगीहरुले टेबलटेनिसका विभिन्न अभ्यासहरु सिकेका, सिकेका र रमाइलो गरेका थिए।

१३ वर्षमुनितर्फ छात्रामा ओडिला शाक्य र छात्रमा सम्भव जैन तथा १७ वर्षमुनिका छात्रामा रिधि चौरसिया र छात्रमा वैभव जैन पहिला भएका थिए।

प्रतिक्रिया दिनुहोस्