पहिलो दिन नगरकोटी शीर्षस्थानमा



काठमाडौं ।

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन नगरकोटी शीर्षस्थानमा रहेका छन्।

नगरकोटीले रवि खड्का, भुवनकुमार रोक्का र निरज तामाङलाई एक स्ट्रोकले पछि पार्दै शीर्ष स्थानमा रहेका हुन्। नगरकोटीले इभन पार खेल्दा रवि, भुवन र निरजले १–ओभर ६९ मा १८ होलको खेल सकाएका थिए। नगरकोटीले फ्रन्ट नाइन २ ओभर र ब्याक नाइन २ अन्डर ३२ मा पुरा गरेका थिए। उनले जोडेको इभन–पार ६८ नै पहिलो दिनको उत्कृष्ट स्कोर कार्ड बन्यो।

यस्तै २ ओभर ७० स्कोरसहित पुर्णप्रसाद शर्मा, धनबहादुर थापा, जयराम श्रेष्ठ, सञ्जय लामा र दिनेश प्रजापतिले संयुक्तरुपमा पाँचौं स्थान साझेदारी गरे। पशुपति शर्माले ३ ओभर ७१ स्कोर गरेका थिए। एमेच्योर टासी छिरिङ र सद्भाव आचार्य संयुक्तरुपमा ११ औं स्थानमा रहे । उनीहरूले ४ ओभर ७२ मा पहिलो दिनको खेल सकाएका थिए।

यसैगरी व्यवसायिक रूपमा डेब्यु गरेका सुबाश तामाङले पनि पहिलो दिन ४ ओभर ७२ स्कोर नै गरे। उनी टासी र सद्भावसँगै संयुक्तरुपमा ११ औं स्थानमा रहेका छन्। एमेच्योरतर्फ टासी र सद्भाव पहिलो स्थानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्