आईपीएलमा आज दिल्ली र गुजरात भिड्दै



काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ। आज हुने खेलमा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच भिडन्त हुनेछ। दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि सुरु हुने छ।

जारी आईपीएलमा दिल्ली क्यापिटल्सले ८ मध्ये केवल ३ खेल जितेको छ भने ५ खेलमा हार बेहोरेको छ। प्लेअफमा पुग्नका लागि दिल्लीले अब लगभग सबै खेल जित्नुपर्ने अवस्था रहेको छ। त्यसै गरी गुजरात टाइटन्सले अहिलेसम्म खेलेका ८ खेल मध्ये ४ खेल जितेको छ भने ४ खेलमा हार बेहोरेको छ।

दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ। त्यसै गरी गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ।

प्रतिक्रिया दिनुहोस्