चेल्सीमाथि आर्सनलको फराकिलो जित



काठमाडौं ।

इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले चेल्सीमाथि शानदार जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा आर्सनलले चेल्सीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा बेन ह्वाइट र काइ हाभेर्टले २-२ गोल गरेका थिए भने एक गोल लीन्द्रो ट्रोसार्डले गरेका थिए । यो जितपछि आर्सनलको ३४ खेलमा ७७ अङ्क भएको छ र हाल शीर्ष स्थानमा कायम रहेको छ।

त्यस्तै एक खेल कम खेलेको लिभरपुलको ३३ खेलमा ७४ अङ्क रहेको छ र दोस्रो स्थानमा छ भने २ खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ खेलमा ७३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।  त्यसै गरी चेल्सीको भने ३२ खेलमा ४७ अङ्क रहेको छ र लिगमा नवौँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्