चेन्नईविरुद्ध लखनउको शानदार जित



काठमाडौं ।

इन्डियन प्रिमिय लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा लखनउले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो।

चेन्नईले दिएको २११ रनको लक्ष्य पछ्याएको लखनउले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। लखनउको जितमा मार्कस स्टोइनिसले शानदार ब्याटिङ गर्दै अविजित १२४ रन बनाएका थिए।

यस अघि पहिला ब्याटिङ गरेको चेन्नईले कप्तान रुतुराज गायकवाडको १०८ रनको शतकीय पारीको मद्दतले २० ओभरमा ४ विकेट गुमाएर २१० रन बनाएको थियो।

यो जितपछि लखनउ ८ खेलमा ५ जित र ३ हारसहित १० अङ्क हासिल गरेर चौथो स्थानमा उक्लिएको छ। त्यसै गरी चेन्नईको भने ८ खेलमा ४ जित र ४ हारसहित ८ अङ्क रहेको छ र अङ्क तालिकामा पाँचौँ स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्