हाफ म्याराथनको विजेताले १ लाख पाउने



काठमाडौं ।

मदन भण्डारीको स्मृतिमा राष्ट्रिय खुला म्याराथन हुने भएको छ । नेकपा एमालेका तत्कालिन महासचिव भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा जेठ ३ गते म्याराथन आयोजना गर्न लागेको हो।

मदन भण्डारी स्पोर्टस एकेडेमीले रुपन्देहीको बुटवलमा म्याराथन आयोजना गर्नेछ । यसमा पहिलो हुने खेलाडीलाई १ लाख नगद प्रदान गरिनेछ भने दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार नगद प्राप्त गर्नेछन्।

‘सबैका लागि खेलकुंद’ भन्ने नाराका साथ बालकदेखि वृद्वासम्मका लागि दौड आयोजना गर्ने एकेडेमी अध्यक्ष ध्रुव आचार्यले जानकारी गराए। २१ किलोमिटरको हाफ म्याराथन प्रतिस्पर्धामा जो सुकैले पनि भाग लिन पाउनेछन्। ६० वर्ष माथिका जेष्ठ नागरिकको लागि वाकाथन प्रतियोगिता पनि राखिएको पनि जनायो।

प्रतिक्रिया दिनुहोस्