मनोनयन सूची सार्वजनिक



काठमाडौं ।

चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच मनोनयन सूची सार्वजनिक गरिएको छ। वुमेन्स एरा एन्ड मिडिया ग्रुपको आयोजनामा हुने अवार्डको चौथो संस्करणका लागि आवदेन दिएका गीत संगीतका विविध विधामा उत्कृष्ट पाँच मनोनयन सूची सार्वजनिक गरिएको हो।

आगामी वैशाख २५ गते राजधानीमा हुने विशेष समारोहबीच उत्कृष्ट पाँचमध्ये सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिने अवार्ड संयोजक गीता अधिकारीले जानकारी गराइन्। अवार्डमा राष्ट्रिय भावका गीतसँगै आधुनिक, पप, लोकदोहोरी र भजन गीतलाई समावेश गरिएको छ।

अवार्ड समारोहमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्‍याएका एकजना विशिष्ट व्यक्तिलाई दीर्घ साधनासम्मान, एक संगीतकर्मीलाई विशेष सम्मान र कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्