सहिद स्मारक ‘सी’ डिभिजन लिग : सानेपासँग स्वयम्भू पराजित



काठमाडौं ।

सहिद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत भएको खेलमा सानेपा क्लबले स्वयम्भू क्लबलाई २–१ ले पराजित गरेको छ। सानेपाको जितमा पेम्बा दोर्जे र निरञ्जनजंग शाहीले १–१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल गरेका थिए। जितसँगै सानेपाको ३ खेलमा ४ अङ्क पुगेको छ। यस्तै पराजित स्वयम्भूको ३ खेलमा १ अङ्क छ ।

यस्तै समाज कल्याण खेलकुद केन्द्र र खालीबारि युथ क्लबले १–१ को बराबरी खेले। समाज कल्याणका लागि निरज परियारले एक गोल गरे भने खालीबारीका लागि रोनल राईले गोल गरे । बराबरी पछि समाज कल्याणको ३ खेलमा ५ अङ्क भएको छ भने खालीबारीको ३ खेलमा २ अङ्क भएको छ।

सी डिभिजनमा बिहीबार दुई खेल हुँदै छन्। पहिलो खेल १ बजे पुल्चोक स्पोर्ट्स क्लब र झम्सिखेल युथ क्लब भिड्ने छन् भने ४ः१५ बजे रानीवन स्पोर्ट्स क्लब र स्पोर्ट्स एकेडेमी साँगा भिड्ने छन्।

सिङ्गल राउन्ड रोबिन ढाँचामा खेलाइने लिग विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छ। दोस्रो हुने टोलीले ७ र तेस्रो हुने टोलीले ५ लाख पुरस्कार पाउने छ। यस्तै उत्कृष्ट खेलाडीको ५० हजार रुपैयाँ पाउने छन् भने उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३५ हजार रुपैयाँ पाउने छन्।

प्रतिक्रिया दिनुहोस्