गीतकार थापालाई अन्तर्राष्ट्रिय संगीत पुरस्कार, निशालाई संगीत पुरस्कार



हेटौंडा ।

नेपाली गीतलेखनमा पाँच दशकभन्दा बढी योगदान पुर्‍याउँदै आएका अग्रज गीतकार राजेन्द्र थापा भीमविराग संगीत, साहित्य कला प्रतिष्ठान नेपालद्वारा हेटौंडामा सम्मानित हुने भएका छन्।

गीतकार थापा र गायिका निशा देसारलाई सम्मान गरिने भएको हो। थापा एक लाख रुपिया“ राशीको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट सम्मानित हुन लागेका हुन्। त्यसै गरी गायिका देसा २५ हजार रुपिया“ राशीको भीमविराग युवा संगीत पुरस्कारबाट देसार सम्मानित हुनेछिन्।

थापाले एक हजारभन्दा बढी गीत लेखेका छन्। उनका गीतमा समयअनुसार फरकपन पाइन्छ। २०३० को दशक होस् वा पछिल्लो समयमा उनले रचना गरेका गीत प्रायः स्रोताले रुचाएका छन्।

युवा पुस्तादेखि बुढापाकाले उनका गीत चाख दिएर सुन्ने गर्छन्। थापाका गीतमा ६० भन्दा बढी संगीतकारले संगीत भरेका छन् भने शब्दमा स्वर भर्ने गायकगायिकाको संख्या ८० भन्दा बढी छ।

पोहोर साल खुसी फाट्दा, पर लैजाऊ फूलहरू, यो मन त तलाउ हो लगायत कालजयी गीतका सर्जक थापाको लेखनको उच्च कदर गर्दै आगामी दिनमा पनि उत्कृष्ट गीत नेपाली गीतसंगीतको क्षेत्रमा आउने विश्वास लिइएको प्रतिष्ठानले जनाएको छ। त्यसैगरी गायिका देसारका दर्जनौं गीत हिट छन्।

प्रतिक्रिया दिनुहोस्