डुङ्गा डुब्दा ८ जना बेपत्ता



एजेन्सी।

दक्षिण चीनको हाइनान प्रान्तको दक्षिण पश्चिमी तटमा माछा मार्ने डुङ्गा र पनामाको एउटा कन्टेनर जहाज एकआपसमा ठोक्किँदा आठ जना बेपत्ता भएको प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द्रले आइतबार जनाएको छ ।

‘युएनन आओयु ३६०६२’ नामक माछा मार्ने डुङ्गा बुधबार मध्यरातमा लेदोङ काउन्टीको यिङगेहाई टाउनबाट २२ नटिकल माइल दक्षिणपश्चिममा पनामाको कन्टेनर जहाज ‘एसआईटीसी डानाङ’ सँग ठोक्किएको थियो ।

पानीको मुनिका रोबोटहरू र टाढाबाट सञ्चालित पनडुब्बीजस्ता उन्नत प्रविधिहरूको सहयोगमा खोजी र उद्धार प्रयासहरू जारी रहेका छन् ।

माछा मार्ने डुङ्गा डुबेको स्थान शनिबार निर्धारण गरिएको थियो । तर, उक्त स्थानमा पानीको तीव्र बहाव र डुबेको जहाजको चारैतिर माछा मार्ने जालको कारण गोताखोरको खोजी तथा अभियानमा कठिनाई भएको छ ।

हराइरहेका व्यक्तिको खोजीका लागि शनिबार उद्धार डुङ्गा, हवाईजहाज र उद्धारकर्मी पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्