नेपाल ए र आयरल्यान्ड वुल्भ्सबीचको एकदिवसीय सिरिजको अन्तिम खेल आज



 काठमाडौं ।

नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीचको एकदिवसीय सिरिजको अन्तिम खेल आज हुँदै छ। टियु मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि सुरु हुनेछ।

यस सिरिजमा नेपाल ‘ए’ ले सुरुका दुवै खेलमा हार बेहोरेको छ। नेपाल सिरिजको पहिलो खेलमा २१ र दोस्रो खेलमा ११४ रनले पराजित भएको थियो।

आज आयरल्यान्ड दिवसीय क्रिकेटको अन्तिम खेल पनि क्लिन स्विप गर्ने लक्ष्यका साथ मैदान प्रवेश गर्दा नेपाल भने सान्त्वना जितको खोजीमा हुनेछ।  आयरल्यान्डले सिरिज २-० ले जितिसकेको छ।

प्रतिक्रिया दिनुहोस्