फोब्र्सको सूचीमा रिहानादेखि टेलरसम्म



चर्चित अमेरिकन म्यागजिन फोब्र्सले सन् २०२४ को अर्बपतिको सूची सार्वजनिक गरेको छ।
सूचीअनुसार हलिउड फिल्म निर्देशक जर्ज लुकास ५.५ बिलियन अमेरिकी डलरसहित सर्वाधिक धनी सेलिब्रेटी घोषित भएका छन्। चर्चित फिल्म स्टार वार्स निर्देशन गरेका उनी सन् १९९७ मा अर्बपतिको सूचीमा समावेश थिए।

त्यसैगरी, हलिउड फिल्म निर्देशक स्टिभन स्पिलवर्ग ४.८ बिलियन डलरसहित दोस्रो स्थानमा, टेलिभिजन पर्सनालिटी ओफ्रा विन्फ्रे चौथो नम्बमा रहेकी छन्। फोब्र्सका अनुसार उनको कुल सम्पत्ति २.८ बिलियन डलर रहेको छ। सन् २००३ मा पहिलो महिला अश्वेत अर्बपति बनेकी ओफ्राको रियल स्टेट र निर्माण कम्पनीमा लगानी छ।

हिपहप कलाकार जे–जेड २.५ बिलियन डलरसहित सूचीको पाँचौ र अभिनेत्री किम कार्डसियन १.७ बिलियन डलर सम्पत्तिसहित छैठौं नम्बरमा छिन्। त्यस्तै, नवौं स्थानमा १.४ बिलियन डलरसहित गायिका रिहाना छिन्। रिहाना आफ्नो कस्मेटिक कम्पनी फेन्टी बेन्टी, विलासी सामान उत्पादन गर्ने अन्य दुई कम्पनी एलभीएमएच र साभेज एक्सकी मालिकनी समेत हुन्।

त्यस्तै, गायिका टेलर स्वीफ्ट चौधौं स्थानमा छिन्। ३४ वर्षीया उनको कुल सम्पत्ति १.१ बिलियन डलर छ। उनी पहिलोपटक र्फोब्र्सको सूचीमा परेकी हुन्। उनले आफ्नो ऐतिहासिक इरास टूरबाट एक सय ९० मिलियन डलर कर तिरेको उल्लेख छ। आफ्नै गीत लेखन र गायनबाट अर्बपति हुने टेलर पहिलो गायिका हुन्। उनी पहिलोपटक फोब्र्स सूचीमा सामेल भएकी हुन्।

सूचीका अन्य स्थानमा खेलाडीहरू माइकल जोर्डन, टाइगर उड्सलगायत छन्।

प्रतिक्रिया दिनुहोस्