राजेशपायल राईले ५ करोडको घर र ५० लाख दिएर गरे पत्नीसँग डिभोर्स



काठमाडौँ।

गायक राजेशपायल राईले श्रीमती साङबुङ राईसँग औपचारिक सम्बन्धविच्छेद गरेका छन् । चैत १५ गते उनीहरूले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद गरेका हुन्। न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो ।

यी दुईबाट दुईबर्षे एक सन्तान पनि छन्।

सम्बन्धविच्छेदको मुद्दा राजेशपायलले हालेका थिए । सम्बन्ध तोड्न साङबुङले उच्च डिमान्ड गरेकी थिइन्। उनको मागअनुसार नक्सालमा रहेको राजेशपायलको करिब ५ करोड मूल्य पर्ने घर साङबुङले पाएकी छन् । त्यस्तै नगद ५० लाख रुपैयाँ पत्नीलाई दिन र छोराको भरणपोषणका लागि मासिक १५ हजार रूपैयाँ राजेशपायलले पत्नीलाई उपलब्ध गराउने आदेश दिएको छ।

राजेश र साङबुङले २०७८ असोज महिनामा विवाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्