कोशी प्रदेशले अब चाढै सरकारमा दाबी पेस गर्ने छ : नेता कार्की



विराटनगर ।

नेकपा स्थायी कमिटी सदस्य तथा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले अब चाढै एमाले र माओवादीको नेतृत्वमा सरकारमा दाबी पेस गरिने बताएको छ ।

प्रेस चौतारी नेपाल कोशी प्रदेश सल्लाहकार समितिले विराटनगरमन विहीबार आयोजना गरेको कार्यक्रममा बोल्दैं अर्को सरकार बन्ने विकल्प रहुनजेल संसद विघटन नहुने दाबी गरेका छन् । उनले संविधानको धारा ५ वाट २ मा फर्किने उनको भनाई छ ।

सरकारमा एमाले माओवादीले सरकारमा दाबी गरे पछि वर्तमान मुख्यमन्त्रीले विश्वासको मत लिने बहानामा एक महिना सरकार लम्वाउन सक्ने पूर्व मुख्यमन्त्रीसमेत रहेका नेता कार्कीले बताए । उनले कोशी प्रदेशमा माओवादीले दोहोरो चरित्र देखाएका कारण सरकार फेरवदनमा ढिलाई भएको कार्कीले प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्