गायक राजेशपायल राई पक्राउ


काठमाडौं ।

गायक राजेशपायल राई पक्राउ परेका छन्। मदिरा पिएर होहल्ला गरेपछि राईसहित तीन जना कलाकारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गए राति २ बजे काठमाडौंको मदन भण्डारी कलेजनजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

गायक राई सहितको समूहले मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।