डिजनाइनर रनवेमा फेसनको बहार



काठमाडौं ।

विभिन्न आकर्षक डिजाइनका फेसन प्रस्तुत गर्दै १३औँ संस्करणको आईईसी डिजाइनर रनवे राजधानीमा सम्पन्न भएको छ।

शुक्रबार रानधानीको होटल याक एन्ड यतिमा आयोजित शोमा अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मेलिना जोशी, प्रियंकारानी जोशी, मिस्टर नेपाल समर्पणजंग कार्की, मोडल सविता कार्की, जेड दीपिका गारेटलगायत सेलिब्रेटी एउटै र्‍याम्पमा प्रस्तुत भएका थिए। उनीहरू शो टपरको रूपमा विभिन्न आकर्षक पहिरनका साथमा ¥याम्पमा प्रस्तुत भएका हुन्।

भारत, रसिया, सर्बियालगायत १३ अन्तर्राष्ट्रिय मोडलको समेत सहभागिता रहेको शोमा नेपालका २६ मोडलले पहिरनका नया“ र आकर्षक डिजाइन प्रस्तुत गरेका थिए।

अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीसमेत सहभागी शो नेक्स्ट मोडल्स नेपालको व्यवस्थापनमा भएको थियो। नेक्स्ट मोडल्स नेपालका सिईयो रवि धमलाले यसपटकको डिजाइनर रनवे हालसम्मकै उत्कृष्ट फेसनको शोको रूपमा सम्पन्न भएको बताए।

सहभागीले १३औं आईससी डिजाइनर रनवे अहिलेसम्मकै उत्कृष्ट फेसन शोको रूपमा चर्चा भएको उनको भनाइ छ। शोमा आईसी कलेजका २०२१ ब्याजका ७३ जना विद्यार्थी डिजाइनरले तयार पारेका फरक फरक पहिरन १५ सिक्वेलमा मोडलले र्‍याम्पमा प्रस्तुत गरेका थिए।

आयोजक आईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले डिजाइनर रनवेको मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार र उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रियस्तरमा पु¥याउनु रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस्