धनकुटा स्वास्थ्य निर्देशनालयमा २ करोड बढी भ्रष्टाचार



काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृत, इन्जिनियरसहित छ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

स्वास्थ्य सामग्री खरिदमा बढी कबोल गर्ने कम्पनीलाई ठेक्का दिएको आरोपमा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहतासहित छ जनाविरुद्ध मुद्दा दायर भएको हो।

सामान उपलब्ध गराउने हस्पिटिक इन्टरप्राइजेज प्राइभेट लिमिटेड तीनकुनेका सञ्चालक विशाल पण्डित र त्यसका व्यवस्थापक मनोजकुमार आचार्यलाई पनि विपक्षी बनाई मुद्दा दायर गरेको छ।

पण्डित सिंहदरबारलाई नै सुरक्षा जोखिममा पार्ने गरी बनाइएको विवादित बसेरा होटलका मालिकसमेत हुन्। सो होटलका बारेमा सरकारी निकायले छानबिन गरे पनि राजनीतिक दबाबका कारण होटलमाथि कारबाही हुन सकेको थिएन ।

आयोगले निर्देशक मेहतासहित हाइ डिपेन्डेन्सी युनिट (एसडीयू) खरिद मूल्यांकन समितिका सदस्य तथा प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर कुशल दाहाल, एसडीयूको उपकरण खरिद मूल्यांकन समितिका सदस्य स्वास्थ्य निर्देशनालयका लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेशकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले विशेष अदालत काठमाडौंमा स्वास्थ्य सामग्री खरिदका लागि गरिएको आह्वानमा तीनवटा बोलपत्र दर्ता हुन आएकोमा तीनवटैलाई अस्वीकृत गर्नुपर्नेमा बढी कबोल गर्नेलाई ठेक्का दिएर अनियमिता भएको भन्दै मुद्दा दायर गरेको जनाइएको छ।अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार तेस्रो हुने र पहिलो हुने फर्महरूले गरेको कबोल रकमको अन्तर २ करोड ८ लाख ६६ हजार ५० रुपियाँ छ।

आयोगले त्यति नै रकममा बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो। सामान उपलब्ध गराउने हस्पिटिक इन्टरप्राइजेज प्राइभेट लिमिटेडका तीनकुनेका सञ्चालक मनोज पण्डित र त्यसका व्यवस्थापक मनोजकुमार आचार्यलाई पनि विपक्षी बनाई मुद्दा दायर गरेको छ।

पण्डित सिंहदरबारलाई नै सुरक्षा जोखिममा पार्ने गरी बनाइएको विवादित बसेरा होटलका मालिकसमेत हुन्। सो होटलका बारेमा सरकारी निकायले छानबिन गरे पनि राजनीतिक दबाबका कारण होटलमाथि कारबाही हुन सकेको थिएन।

प्रतिक्रिया दिनुहोस्