मानव बेचबिखन कार्यमा संलग्न व्यक्तिहरू पक्राउ 

7.05k
Shares

काठमाडौँ।

काठमाडौँको कंलकीमा रहेको एक  होटलमा काम लगाइदिन्छु  भन्दै भारत पुर्‍याएर  बेचबिखन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा  नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ स्थायी घर भई   हाल काठमाडौँको  तार्केश्वर नगरपालिका ५ बस्ने  २५ वर्षीय अर्जुन भन्ने चन्द्र बहादुर तामाङ  र
नुवाकोट दुप्चेश्वर गाउँपालिका-३स्थायी घर भई  हाल काठमाडौँको  तार्केश्वर नगरपालिका ७ बस्ने  ३०  वर्षीय किरण  तामाङ रहेका छन्।

उनीहरुले सामाजिक सञ्जालबाट चिनजान भएकी पीडितलाई  काठमाडौँको कंलकीमा रहेको एक  होटलमा काम लगाइदिने  प्रलोभन देखाएर  भेट्न बोलाएर   तिमिलाई काममा लगाउने भनिएको होटलमा तत्काल मान्छे नराख्ने भयो त्यतिन्जेल तिमि भारतमा घुम्न जाने हो भने म पठाई दिन्छु ३/४ दिन भारतमा घुमेर आऊ भनी  विश्वास दिलाई  किरण तामाङको जिम्मा लगाई काठमाडौँको नयाँ बसपार्कबाट बसको यात्रा गराई नेपाल भारत सीमा पार गराएर भारतको पुना भन्ने स्थानमा लगी तीन जना अपरिचित महिलाहरूको जिम्मा लगाई आफू नेपाल फर्किएका थिए।

पीडितले आफूलाई भारतमा बेचबिखनको लागी ल्याएको भन्ने शङ्का लागी भारतीय  प्रहरीको सम्पर्कमा गएकोमा भारतिय प्रहरीले उनलाई विभिन्न सङ्घ संस्थाको समन्वयमा गत पुस १२ गते उनी भारतबाट नेपाल फिर्ता  आएकी थिइन्।

पीडितको जाहेरीका आधारमा प्रहरीको मानव बेचबिखन अनुसधन ब्युरोबाट खटिएको टोलीले  अर्जुन भन्ने चन्द्र बहादुर तामाङ र किरण तामाङलाई गत शुक्रबार  तार्केश्वर  नगरपालिका वडा नं.५ र ७ बाट पक्राउ गरेको हो।

 उनीहरूउपर  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ  जिल्ला अदालतबाट ७ दिनको  म्याद लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This