हृयाण्ड सर्जन भेला

सबैखाले रोगको सैद्धान्तिक ज्ञान अनुकुलन बनाउन जोड



काठमाडौं ।

काठमाडौंमा नेपाल हृयाण्ड सर्जरी सोसाइटीको आयोजनामा हृयाण्ड सर्जनहरूको भेला शुरु भएको छ ।

हातमा हुने सबैखाले रोगहरूको सैद्धान्तिक ज्ञान अनुकुलन बनाउन काठमाडौंमा हृयाण्ड सर्जनहरूको भेला शुरु भएको हो ।

नयाँ पुस्ताका हृयाण्ड सर्जनहरूलाई एक ठाउँमा ल्याउन र नेपालको अवस्था र उपचारका उपायहरूको बारेमा छलफल गर्न सम्मेलन गरेको डा. शिलु श्रेष्ठले बताएका छन् ।

उनकाअनुसार हृयाण्ड सर्जरी सोसाइटीमा अर्थोपेडिक सर्जन, प्लास्टिक सर्जन, जेनेरल सर्जन वा जो कसैले पनि हृयाण्ड सर्जरीको बारेमा विशेष तालिम लिएको व्यक्ति हुन आवश्यक हुन्छ । उनले पातादेखि औंलासम्मको कुनैपनि अवस्थाको उपचार गर्नु नै हृयाण्ड सर्जरी भएको बताएका छन्  ।

उनले  भने, ‘नेपाल हृयाण्ड सर्जरी सोसाइटी भनेको हामीले भर्खर दर्ता गरेको सोसाइटी हो । हृयाण्ड सर्जन भनेको यो अर्थोपेडिक सर्जन अथवा प्लास्टिक सर्जन, जेनेरल सर्जन जसले स्पेशल ट्रेनिङ लिएको हुन्छ, हृयाण्ड सर्जरी गराउनको लागि । उनीहरुको लागि ग्रुप एशोसिएशन हो । जसले पनि हृयाण्ड सर्जरी भनेको के हो ? भनेर सोध्नुहुन्छ ।

ह्याण्ड सर्जरी भनेको माथि पातादेखि औंलासम्मको कुनैपनि कण्डिसनहरूलाई ट्रिटमेण्ट गर्नु नै हृयाण्ड सर्जरी हो । जन्मजातै कुनै समस्या भएर जन्मिएको छ की, त्यसको लागि त सबैभन्दा राम्रो ट्रमा नै हो । विभिन्न किसिमले दुर्घटनामा परी चोटपटक लागेर हातमा घाउ हुने, त्यसको उपचार गर्नुलाई ह्याण्ड सर्जरी विधा भनिन्छ ।

त्यसको लागि एउटा प्रिन्सिपल चाहिने भएकाले यसमा एउटा विभिन्न विशेष ट्रेनिङ गरेर आएको मानिसहरूको ग्रुप होस्, त्यो ग्रुपले समयमा यस्ता कार्यक्रम गरोस् जसले योङ हृयाण्ड सर्जनहरुले थाहा पाओस्, अझै लर्न गर्ने मौका र प्ल्याटफर्म पाओस् भन्ने हिसावले यो कार्यक्रम गरेका हौँ । नेपालमा यो झनै महत्ववपूर्ण छ । 

उनले नेपाल हृयाण्ड सर्जरी सोसाइटीले आगामी दिनमा पनि कार्यक्रम गर्दै जाने बताए। गोष्ठीमा चीन लगायतका विभिन्न देशका हृयाण्ड सर्जनहरूको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्