आयरल्यान्ड वोल्भ्सविरुद्ध नेपाल ‘ए’ ले टस जितेर पहिला बलिङ गर्दै



काठमाडौँ ।

 नेपाल ‘ए’ र आयरल्यान्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ । टियु मैदानमा हुने यस खेलमा नेपाल ‘ए’ का कप्तान विनोद भण्डारीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै आयरल्यान्ड वोल्भ्सले पहिला ब्याटिंग गर्ने भएको छ ।

शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा आयरल्यान्ड वोल्भ्सले नेपाल ए लाई २१ रनले पराजित गरेको थियो ।

यसअघि विहिबार हुने तालिका भएपनि वर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको नयाँ तालिका अनुसार शुक्रबार पहिलो खेल भएको थियो ।

नयाँ तालिका अनुसार अब नेपाल ए आयरल्यान्ड वोल्भ्ससँग आज दोस्रो र अप्रिल १ मा तेस्रो टी-२० खेल खेल्ने छ । त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्