हेल्पिङ ह्यान्ड मुगुले ‘रामबहादुर बचाऔँ’अभियानमार्फत संकलन गरेको रकम सार्वजनिक



मुगु।

आर्थिक अभावले टाउकोमा गहिरो घाउ भएर रोग पाल्न बाध्य भएका रामबहादुर बिकको उपचारमा सहयोगका लागि हेल्पिङ ह्यान्ड मुगुले ‘रामबहादुर बचाऔँ’ अभियानमार्फत संकलन गरेको रकम सार्वजनिक गरिएको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका– १० तत्लेखगाउँका २६ वर्षीय रामबहादुर बिकको उपचारमा सहयोगका लागि संकलन गरेको रकम हेल्पिङ ह्यान्ड मुगुले सार्वजनिक गरेको हो । रोगी बिकको आर्थिक अवस्था नाजुक छ । रामबहादुरको टाउकोमा गहिरो घाउ छ ।

आर्थिक अवस्थाले वर्षैँदेखि रोग पाल्न बाध्य भएका बिक मुगुका युवाहरुको सहयोगमा अहिले काठमाडौंको विर अस्पातलमा उपचाररत छन् । मुगुमा हेल्पिङ ह्यान्डलगायतका युवाहरुले ‘रामबहादुर बचाऔँ’ अभियान सञ्चालन गरेर यति बेला आर्थिक संकलन गरिरहेका छन् ।

हेल्पिङ ह्यान्ड मुगु, मुगुका समाजसेवीलगायतका युवाहरुले समूह बनाएर राम बहादुर बचाऔँ अभियान सञ्चालनमार्फत देश तथा विदेशबाट आर्थिक रकम संकलन गरेका छन् । बिहीबार हेल्पिङ ह्यान्ड मुगुले हप्ता दिनसम्म रामबहादुर बचाऔँ अभियानको लागि संकलन गरेको आर्थिक रकम सार्वजनिक गरेको हो
मुगुलगायत देश तथा विदेशबाट उक्त अभियाको लागि हेल्पिङ ह्यान्ड मुगुको माध्यमबाट ९४ जनाले आफ्नो स्वइच्छाले रकम सहयोग गरेका र उनीहरुको हेल्पिङ ह्यान्ड मुगुले लिष्ट तयार गरेर नामसहित आर्थिक रकम सार्वजनिक गरेको हेल्पिङ ह्यान्ड मुगुका संयोजक नरेश भामले बताए ।

सो अभियानमा देश तथा विदेशबाट गरी दुई लाख १० हजार ६ सय ८९ रुपैयाँ संकल गरिएको र लिष्ट तयार गरी रामबहादुर बिकका दाजु बाच्याँ बिकको हातबाट आर्थिक रकम सार्वजनिक गरिएको संयोजक भामको भनाई छ । संकल भएको रकम रामबहादुर बिकको खातामा जम्मा गरिएको र हेल्पिङ ह्यान्ड मुगुले जनाएको छ ।

यसैबीच मुगुका समाजसेवी युवाहरुको समूूहले पनि उक्त अभियानका लागि आर्थिक संकलन गरेको छ । मुगुका युवाहरुको समूहले पनि दुई लाख १५ हजारसम्म आर्थिक संकलन गरेको र अबको केही दिनमा सार्वजनिक गर्ने समाजसेवी युवाका अभियन्ता अर्जुन शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्