उदयपुरमा रैथाने खाना महोत्सव हुने



 उदयपुर ।

 उदयपुरकाे गाईघाटमा आउँदो वैशाख १२ गतेदेखि एक सातासम्म तेस्रो वृहत् आैधाेगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव २०८१ काे आयाेेजना हुने भएकाे छ ।

मेहनत सृजना उत्पादन र बस्तु मेरै नेपालको, उद्योग गराै उद्यमी बनाै स्वदेशी बस्तुको प्रयाेग गराै भन्ने मुलनाराका साथ आयाेजना गर्न लागिएकाे महनेत्सव नेपाल घरेलु तथा साना उद्योग महासङ्घ उदयपुर शाखाको आयोजनामा हुने साे महोत्सवका बारेमा शुक्रवार गाईघाटकाे बहेडवा थारु सामुदायिक हाेमस्टेमा आयाेजित पत्रकार सम्मेलनमा महासङ्घ उदयपुरका अध्यक्ष मधुकर थापाले महाेत्सवमा सयवटा स्टल रहने, एकलाख मानिसले महोत्सव अवलाेकन गर्ने, ५० लाख माथिकाे काराेबार हुने अनुमान गरिएको बताए ।

उक्त पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काेसी प्रदेशकाे उदयपुर जिल्ला लगायतका विभिन्न जिल्ला सहभागी हुने छन् भने स्वदेशमा उत्पादित बस्तुहरुकाे प्रदर्शनका साथै रैथाने बालीमा आधारित खानाको परिकार, विभिन्न जातजातिका परम्परागत खानाको समेत प्रदर्शनी हुनेछ ।

कृषि वन तथा जडीबुटी पर्यटन, विज्ञान प्रविधि, हस्तकला र स्थानीय कच्चा पदार्थमा आधारित उद्याेगहरुका उत्पादित बस्तु प्रदर्शनीमा राखिने छ ।
काेशी प्रदेस सरकारकाे कृषि उद्योग तथा सहकारी मन्त्रालयको सहयोगमा हुन लागेको महोत्सव २०८१ वैशाख १२ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने छ ।

उदयपुरमा ५ हजार३सय उद्योग दर्ता रहेकोमा १हजार५ सय उद्योग महासङ्घमा आबद्ध रहेको र नेपालमा ६लाख बढी उद्योग दर्ता भएकाेमा काेशी प्रदेशमा १८ हजार उद्योग दर्ता रहेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । खास गरी पर्यटन प्रवर्द्धन स्थानीय साहित्य कला संस्कृतिको प्रवर्द्धन र जगेर्ना गर्न महोत्सवको भूमिका महत्त्वपूर्ण हुने पत्रकार सम्मेलनमा अध्यक्ष थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्