केन्द्राध्यक्ष र गार्डकै सहयोगमा एसईईको प्रश्नपत्र बाहिरियो, नक्कली परीक्षार्थीसहित २ पक्राउ 



सिराहा ।

सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई)को आज दोस्रो दिन नेपाली विषयको प्रश्नपत्र परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै बाहिरिएको पाइएको छ।

जिल्लाको विभिन्न परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भएको १० मिनेट नबितिँदै माध्यमिक शिक्षा परीक्षा (एसईई) को नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको हो । परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिरिएको थियो।

गोलवजार नगरपालिका ८ स्थितको श्री जनता नमुना माध्यमिक चोहर्वामा मोबाइल लिएर भित्र पसेका विद्यार्थीहरुले सामाजिक सञ्जाल ह्वाटस्एप मार्फत परीक्षा सुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र बाहिरिएको स्थानीयहरु बत्ताउँछन्।

यस परीक्षा केन्द्रमा ४ वटा निजी विद्यालय भिजन एजुकेश्नल एकेडेमी गोलवजार, सिराहा पब्लिक स्कुल नयाँ चौक चोहर्वा, चन्द्र ज्योती सेकेन्ड्री बोडिङ स्कुल रामनगर मिर्चैया, सिद्धान्त शिक्षा निकेतन कर्जन्हा र समुदायीक विद्यालय श्री जनता माध्यमिक विद्यालय डन्डाको परीक्षा केन्द्र रहेको छ ।

त्यसैगरी, गोलवजार नगरपालिका ४ स्थितको जनता माध्यमिक माध्यमिक विद्यालय (प्राविधिक) परीक्षा केन्द्रबाट मोबाइल सहित एकजना छात्रालाई नियन्त्रणमा लिएको छ। सुखिपुरको श्री रजै जनक माध्यमिक विद्यालय ,बल्हीका एकजना विद्यार्थीले परिक्षाहल भित्र मोबाइलबाट प्रश्नपत्र बाहिर पठाउने क्रममा प्रहरीले पक्राउ गरेको हो।

शारदा माध्यमिक विद्यालय रामपुर बिर्ताबाट एकजना जना नक्कली विद्यार्थी फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख (एसपी ) सन्तोष आचार्यले जनाएको छ। उनले, ‘नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेको अवस्थामा स्थानीय अर्जुन महरालाई नियन्त्रणमा लिएको बताए । उनले भने, ‘माध्यमिक शिक्षा परीक्षा (एसईई)को आज दोस्रो दिन जिल्लाका ४ वटा परीक्षा केन्द्र कल्याणपुरको रामदुलारी माध्यमिक विद्यालयबाट मोबाइल प्रयोग गरिरहेका ८ जना विद्यार्थीलाई परीक्षा केन्द्र बाहिर निकालिएको छ। भन्ने, श्री लनकौ मा.वि.नहरा रिगौलबाट परिक्षाहलमा आत्याधिक मोबाइल फेलापरेपछि दुई जना गार्ड लाई बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय प्रमुख आचार्यले जनाएको छ।’

जिल्ला भरीमा ४३ वटा परीक्षा केन्द्रमा ७ जना नेपाल प्रहरी र ७ जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। ६ सय दुई जना प्रहरीलाई परीक्षा केन्द्र र १ सय जना सुरक्षाकर्मीलाई रिजर्भमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी आचार्यले जनाएको छ।

सयौँको संख्यामा सुरक्षाकर्मी खटाइए पनि प्रश्नपत्र बाहिरिनुले परीक्षा केन्द्रका केन्द्र अध्यक्ष लगायतका सरोकारवाला निकायको मिलोमतो रहेको पुष्टि हुन्छ।

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा निर्भिक्ताका साथ प्रश्न पत्र बाहिर ल्याई चिट चोरी गराउन नियामक निकायलाई १० लाख रुपैयाँ दिएको नाम नखोल्ने सर्तमा एक निजी विद्यालयका सञ्चालकले बताएका  छन्  । उनले भने, ‘निजी विद्यालयहरूले पायक पर्ने ठाउँमा परीक्षा केन्द्र पार्न देखि निर्भीक चिठचोरी गर्न दिने सहमतिमा उक्त  रकम दिइएको बताए।’

जिल्लाका सबै निजी विद्यालयहरूले परीक्षा केन्द्रका केन्द्राध्यक्ष, प्रहरी प्रशासन, शिक्षा विकास तथा समन्वय इकाईको अधिकारी लगायतका सरोकारवाला निकायहरूलाई संग सेटिङ मिलाउन मोटो रकमको चलखेल गरेको जानकारहरु बत्ताउँछन्। निजी विद्यालयहरूले विद्यार्थीसंग सरोकारवाला निकायहरूलाई मिलाउन र परीक्षा केन्द्रमा सेटिङगर्न ३ हजार देखि पाँच हजार सम्म असुली गरेको उनीहरुको भनाई छ ।

– मुकेशकुमार यादव

प्रतिक्रिया दिनुहोस्