एमाले उदयपुरको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले लिए शपथ 



उदयपुर ।

नेकपा एमाले उदयपुरको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद तथा गोपनियताको शपथ  ग्रहण सम्पन्न भएको छ । चैत्र १३ गते भएको नवौँ जिल्ला अधिवेशनले  आउँदो तीन वर्षकालागि भागवत राउतको नेतृत्वमा १सय ५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन भएका छन् ।

शपथ  ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका पालिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज पर्शु मेघी गुरुङले सङ्गठन विस्तार तथा पार्टी निर्माणका काममा सबैले आफ्नो क्षमताले काम गर्नु पर्दछ , सङ्गठन विस्तार  गरेर कार्कर्ताहरुलाई एक ठाउँमा गोलबद्ध गर्न सकेका खण्डमा पार्टी बलियो हुने भएकोले नव निर्वाचित साथीहरुले आफ्नो सक्रियता बढाउन अनुरोध गरे।

नव निर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन कमिटीका अध्यक्ष तथा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा उदयपुर इन्चार्ज पर्शु मेघी गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।

शपथ  ग्रहण पश्चात् नव निर्वाचित अध्यक्ष भागवत राउत मिसन २०८४ लाई सफल पार्न उदयपुरलाई लाल किल्लाको विरासतमा फर्काउने र विगतमा रहेका बाँकी काम र प्रतिवद्धताहरु पूरा गर्ने बताए ।

निवर्तमान अध्यक्ष परमेश्वर घिमिरेले उदयपुर एमालेमा कुनै पनि गुट नरहेको पार्टी एक ढिक्का भएर पार्टीको काममा आफूले सक्दो सहयोग गर्ने र विगतका प्रतिबद्धता पूरा गर्न नयाँ नेतृत्वलाई सहयोग गर्न आफू तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्